global ime bank Long Banner Ad

गृहपृष्ठ एआर रहमानको सम्बन्धविच्छेदमा जोडियो गिटारिष्ट मोहिनीको नाम

एआर रहमानको सम्बन्धविच्छेदमा जोडियो गिटारिष्ट मोहिनीको नाम

एआर रहमानको सम्बन्धविच्छेदमा जोडियो गिटारिष्ट मोहिनीको नाम

बलिवुडका चर्चित एआर रहमानको २९ बर्षपछि भएको सम्बन्धविच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ । मिडिया र सामाजिक संजालमा रहमानको पत्नी सायरा बानोसँग भएको सम्बन्धविच्छेदको कारण बारे चर्चा भइरहेको छ ।

यसैबीच रहमानले पत्नीसँग सम्बन्धविच्छेदको घोषणा गरेको केही घण्टा पछि, उनको समूहकी बेस गिटारिस्ट मोहिनी डेले पनि आफ्नो पतिबाट अलग भएको घोषणा गरेको थिइन् । यसको जानकारी मोहिनी आफैले सामाजिक सञ्जालमा दिएकी थिइन् । इन्स्टाग्राम पोस्टमा, उनले उनले आफ्नो पति मार्क हार्ट्ससँग आफ्नो विवाह अन्त्य भएको घोषणा गरेकी थिइन् ।

रहमानको सम्बन्धविच्छेदको घोषणा भएको केही घण्टापछि मोहिनीले पनि डिभोर्सको घोषणा गरेको विषयलाई जोडेर हेरिएको छ । मिडिया र सामाजिक संजालमा रहमानको सम्बन्धविच्छेदको कारण मोहिनी भएको टिप्पणी गरिएको छ ।

२९ बर्षिय मोहिनी कोलकाताकी हुन् । उनले एआर रहमानसँग विश्वभर ४० भन्दा बढी शो गरिसकेकी छन् र अगस्ट २०२३ मा आफ्नो पहिलो एल्बम रिलिज गरेकी थिइन् ।

अहिले गुगलमा मोहिनी डेलाई धेरै सर्च गरिएको छ । पछिल्लो ३० दिनको गुगल ट्रेन्डलाई हेर्दा मोहिनी सर्च गर्ने ग्राफ तीव्र गतिमा बढेको देखिएको छ ।

रिपोर्ट अनुसार, रहमानकी पत्नी सायरा बानोका वकिलले यी अनुमानहरूमा स्पष्टीकरण दिएका छन् । उनले भने–‘दुवैको सम्बन्धविच्छेदमा कुनै सम्बन्ध छैन । सायरा र रहमानले नै यो निर्णय लिएका हुन् । हरेक विवाहमा उतारचढाव हुन्छ ।

यसबाहेक, जब वकिललाई एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेदको कारण सोधियो, उनले यो बताउन अस्वीकार गरेका थिए ।

प्रकाशित समय : ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु