global ime bank Long Banner Ad

गृहपृष्ठ एनसेलमा भ्वाइस डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

एनसेलमा भ्वाइस डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

एनसेलमा भ्वाइस डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि नयाँ सुविधा ल्याएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भ्वाइस सेवालाई डेटासँग र डेटा सेवालाई भ्वाइससँग साट्न सकिने सुविधा ल्याएको हो ।

यो सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर सेवाको फाइदा लिन सक्छन् ।

सेवा प्रयोग गर्दा डेटा सकियो तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्ने एनसेलले बताएको छ ।त्यसैगरी बाँकी डेटालाई पनि भ्वाइसमा रुपान्तर गर्न सकिन्छ ।कम्पनीका अनुसार यो सुविधा सधैं अनका ३९९, ४९९ र ५९९ रूपैयाँका प्याकहरूमा मान्य रहेको छ ।

ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन् । एनसेलका ग्राहकले पहिलो पटक यो एप डाउनलोड गर्दा १ जिबी डेटा पनि निःशुल्क प्राप्त गनै सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु