global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट

अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट

अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट

भारतीय उद्यमी गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेपछि बिहीबार अदानी समूहको शेयरमा ठूलो गिरावट आएको छ । अहिले अदानी समूहका तीन कम्पनीको सेयर १५ प्रतिशतभन्दा बढीले घटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बम्बई स्टक एक्सचेन्जमा अडानी इनर्जी सोलुसन लिमिटेडमा १९.५० प्रतिशतको सबैभन्दा ठूलो गिरावट रेकर्ड गरिएको थियो । यसबाहेक अदानी इन्टरप्राइजेजमा १८.७६ प्रतिशत, अदानी ग्रीन इनर्जीमा १६.५६ प्रतिशत र अदानी पोर्ट्समा ११.९४ प्रतिशतले गिरावट आएको छ ।

गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ । अडानीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको छ ।

तर, अडानी समूहले जारी गरेको विज्ञप्तिमा यी आरोपहरूलाई अस्वीकार गर्दै सबै कानुनी विकल्प खोजिने बताएको छ ।

 

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु