गृहपृष्ठ राष्ट्रिय जीवन बिमा कम्पनीको सिइओ बन्ने चारै जनाको आवेदन अस्वीकृत
राष्ट्रिय जीवन बिमा कम्पनीको सिइओ बन्ने चारै जनाको आवेदन अस्वीकृत
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओका लागि चारै जनाको आवेदन अस्वीकृत भएको छ । कम्पनीको सीईओ छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै सीईओ पदका लागि कुनै पनि उम्मेदवार सर्टलिस्टमा पर्न असफल भएको जानकारी गराएको हो।
कम्पनीले गत असोज १६ गते सूचना जारी गर्दै सीईओको माग गरेको थियो। कम्पनीले खुलाएको आवेदनमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये महेश रिमाल हाल सोही कम्पनीका कार्यबाहक सिईओका जिम्मेवारीमा छन्।
कुनै पनि उम्मेदवारले ६० प्रतिशत अंक प्राप्त गर्न नसकेकोले सर्टलिस्टका लागि छनोट नभएको समितिले जनाएको छ।
प्रकाशित समय : १२:०३ बजे



















