global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए

लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए

लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए

इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिनाभन्दा कम समयमा दुई सय जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ ।

त्यहाँ बालबालिकाको अवस्था चिन्ताजनक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफका प्रवक्ता जेम्स एल्डरले आक्रमण तत्काल रोक्नुपर्नेमा जोड दिएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

लेबनानमा पछिल्लो दुई महिनामा हरेक दिन औसतमा तीन जना बालबालिकाको ज्यान जाने गरेको छ भने एक हजार जनाभन्दा धेरै बालबालिका घाइते हुने गरेका छन् ।

राष्ट्रसङ्घले घरबारविहीन भएका लाखौँ बालबालिका आधारभुत पूर्वाधार तथा स्वास्थ्य उपचारको सुविधाबाट वञ्चित भएका समेत जनाएको छ । एजेन्सी

प्रकाशित समय : १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु