काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न

3.17K
shares

सानिमा बैंक लिमिटेडले मंगलबार २०औंवार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदानगर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक बर्ष २०८०/८१ मा २.४० अर्ब खुदमुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुलनिक्षेप १९९.३८ अर्ब तथा खुदकर्जा सापटी १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।

बैंकको वित्तीय परिसूचक

निष्क्रिय कर्जा १.७२%, पुँजीकोष १३.२१%, तरलता २९.२१%
कर्जा निक्षेप अनुपात (मासिकऔसत)८०.५३ %