global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्‍याली गर्दै

सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्‍याली गर्दै

सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्‍याली गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्‍याली गर्ने भएको छ ।

सुदूरपश्चिम रोयल्सले सोमबार धनगढीको चौराहदेखि रंगशालासम्म र्‍याली को आयोजना गर्ने भएको हो । र्यालीमा सहभागी हुन मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी लगायत टिममा आवद्ध नेपालमा उपलब्ध भएका सबै खेलाडीको सहभागिता हुनेछ ।

र्यालीको तयारी लगभग पूरा भएको सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए ।

उनले सुदूरपश्चिको पहिचानलाई थप उचाइमा पुगाउन सुदूरपश्चिम रोयल्सले क्रिकेटको साथ लिएको बताउँदै धनगढीमा उपलब्ध हुने सबै सुदूरपश्चिमेलीलाई र्यालीमा सहभागी भएर टिमको हौसला बढाउन आग्रह गरे ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपिएल हुनेछ ।

प्रकाशित समय : १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु