global ime bank Long Banner Ad

गृहपृष्ठ ट्रम्पले गरे एलन मस्कलाई विशेष पदमा नियुक्ति

ट्रम्पले गरे एलन मस्कलाई विशेष पदमा नियुक्ति

ट्रम्पले गरे एलन मस्कलाई विशेष पदमा नियुक्ति

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् ।

यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो ।

ट्रम्पलाई मस्कले राष्ट्रपतिको चुनावमा सघाएका थिए । अब उनले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने छन् । मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई)मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् ।

नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन् ।

नियुक्तिको जानकारी पाएपछि रामास्वामीले आक्रामक रुपमा जिम्मेवारी पूरा गर्ने संकेत गरेका छन् । उनले भनेका छन्, ‘हामी नरम रुपमा प्रस्तुत हुने छैनौं ।’

ट्रम्प खर्च कटौतीका लागि अनावश्यक सरकारी विभाग र एजेन्सीहरुलाई बन्द गर्नुपर्ने र अप्रासंगिक नियमकानुन संशोधनको तयारीमा छन् । त्यसलाई ट्रम्पले ‘सेभ अमेरिका’ नाम दिएर अभियान चलाउने छन् । ट्रम्पको यही अभियानलाई अब एलन मस्क र विवेक रामास्वामीले सघाउने छन् ।

ट्रम्पले मंगलबार मात्रै फ्लोरिडाका सांसद माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहका र मार्को रुबियोलाई विदेश मन्त्रीमा नियुक्तिको घोषणा गरेका थिए ।

 

 

प्रकाशित समय : ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु