गृहपृष्ठ लामिछानेलाई भैरहवा पुर्याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन
लामिछानेलाई भैरहवा पुर्याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको विमान भैरहवामा अवतरण गरेको छ ।
प्रहरीले रवि लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा लैजाने बताइएको छ ।
यस अघि करिब एक घण्टा उनलाई विमानमा बसालिएको भएपनि मौसम अनुकुल नभएपछि फेरी विमानस्थलको विशेष कक्षमा लागिएको थियो । तर केहीबेर अघि भैरहवाको मौसम अनुकुल हुनासाथ विमान उडेको थियो ।
लामिछानेलाई भैरहवा ल्याउने भएपछि रास्वपाका नेता तथा कार्यकर्ता विमानस्थल बाहिर भेला भएर नाराबाजी गरिरहेका छन् । रास्वपाले प्रदर्शन गर्न थालेपछि ठुलो संख्यमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि आज रुपन्देही पुर्याएको हो ।
प्रकाशित समय : १२:४३ बजे


















