global ime bank Long Banner Ad

गृहपृष्ठ गौतमबुद्ध विमानस्थलबाट तीन अन्तर्रा‍ष्ट्रिय उडान

गौतमबुद्ध विमानस्थलबाट तीन अन्तर्रा‍ष्ट्रिय उडान

गौतमबुद्ध विमानस्थलबाट तीन अन्तर्रा‍ष्ट्रिय उडान

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दैछन् । शनिबार बिहानदेखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिबार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरवेजको जहाज अवतरण हुँदैछ । यो जहाज साढे ८ बजे फर्कने तालिका छ । यस उडानमा करिब फुल अक्कुपेन्सीमा यात्रु आउने बताइएको छ ।

दिउँसो १२ बजे फ्लाइ दुबईको जहाज आउने तिवारीले जानकारी दिएका छन् । यो जहाज भैरहवा अवतरण गरी काठमाडौँ जानेछ । काठमाडौँबाट थप यात्रु लगेर दुबई फर्कने छ ।

शुक्रबारका लागि निर्धारित नेपाल एयरलाइन्सको जहाजको उडान समेत शनिबारलाई सारिएको उनले जानकारी दिए । यो जहाज काठमाडौँबाट भैरहवा अवतरण गरी दुबई उड्ने छ ।

यी उडानहरू प्रारम्भिक भएको र यात्रु अभ्यस्त नभएका कारण अन्य उडानमा भने धेरै यात्रु छैनन् । जजिराले भने यसअघि पनि उडान गरिसकेका कारण सो कम्पनीले राम्रो यात्रु पाइरहेको छ ।

भैरहवामा शुक्रबार भने थाई एयर एसियाले बैंककबाट उडान गरेको छ । यो उडानमा ७ यात्रु भैरहवा आएका थिए ।

भैरहवाबाट भने ३२ जना यात्रु लिएर थाई एयर एसिया उडेको छ । थाई एयर एसियाले साताको दुई दिन (सोमबार र बिहीबार) बैंकक उडान गर्ने गरी उडान स्वीकृत लिएको छ ।

 

 

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु