global ime bank Long Banner Ad

गृहपृष्ठ युक्रेनी एउटा अपार्टमेण्टमा रूसी आक्रमणमा परी २५ जना घाइते

युक्रेनी एउटा अपार्टमेण्टमा रूसी आक्रमणमा परी २५ जना घाइते

युक्रेनी एउटा अपार्टमेण्टमा रूसी आक्रमणमा परी २५ जना घाइते

युक्रेनी सहर खार्किभको एउटा अपार्टमेण्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् ।

मेयर टेरेखोभले टेलिग्राममा जनाएअनुसार १२ तले आवासीय भवनमा भएको रूसी आक्रमणले पहिलो र तेस्रो तलालाई आंशिक रूपमा क्षतिग्रस्त बनाएको र यसबाट कम्तीमा २५ जना घाइते भएका खार्किभका मेयर इगोर टेरेखोभले बताए ।

आक्रमणमा फसेकाहरूको उद्धार कार्य जारी रहेको तथा घाइतेको संख्या अझै बढ्न सक्ने जनाउँदै हालसम्म २५ जना घाइतेको पुष्टि भएको जनाए । युक्रेनी राष्ट्रपतिको चिफ अफ स्टाफ एन्ड्री यरमाकले रूसले जानाजानी अपार्टमेन्टमा प्रहार गरेको आरोप लगाउँदै रूसीले साना तथा ठूला मिसाइलले किएभमा आक्रमण गरिरहेको दाबी गरे ।

युक्रेनी अधिकारीका अनुसार बिहीबार किएभलाई लक्षित गरी गरिएको अर्को रूसी ड्रोन आक्रमणले दुई जना घाइते हुनुका साथै भवनहरू क्षतिग्रस्त भएका थिए ।

प्रकाशित समय : १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु