global ime bank Long Banner Ad

गृहपृष्ठ जेट एअरवेजलाई खारेजी प्रक्रियामा लैजान भारतको सर्वोच्च अदालतको आदेश

जेट एअरवेजलाई खारेजी प्रक्रियामा लैजान भारतको सर्वोच्च अदालतको आदेश

जेट एअरवेजलाई खारेजी प्रक्रियामा लैजान भारतको सर्वोच्च अदालतको आदेश

 

भारतको सर्वोच्च अदालतले जेट एअरवेजलाई ‘लिक्विडेशन’ अर्थात् खारेजी प्रक्रियामा लैजान आदेश दिएको छ । यो सँगै सन् २०१९ मा एक अर्ब २० करोड डलरको ऋणसहित पतन भएको एअरलाइन्सको पाँच वर्ष लामो कानूनी प्रक्रिया सकिएको छ । व्यवसाय बन्द गर्ने र दाबीकर्ताहरूलाई सम्पत्ति वितरण गर्ने प्रक्रियालाई ‘लिक्विडेशन’ भनिन्छ ।

एक समय देशको दोस्रो ठूलो एअरलाइन्स रहेको जेट एअरवेजले पाँच वर्षअघि नगद सकिएपछि र विमानहरू ‘ग्राउन्डेड’ भएपछि सञ्चालन रोकेको थियो । गएको वर्ष राष्ट्रिय कम्पनी कानून न्यायाधिकरणले दिवालियापन समाधान प्रक्रियाको हिस्साका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई) का व्यापारी मुरारी लाल जालनसहितको खरिदकर्ता समूहलाई एअरलाइन्सको स्वामित्व हस्तान्तरण गर्न अनुमति दिएको थियो । भारतको सर्वोच्च अदालतले स्वामित्व हस्तान्तरणलाई खारेज गर्दै खारेजी प्रक्रियामा जान भनेको हो ।

राज्यको स्वामित्वमा रहेका बैंकहरूलाई करोडौं डलरको ऋण तिर्न असफल भएपछि सन् २०१२ मा किङफिसर एअरलाइन्स बन्द भएको थियो ।एजेन्सी

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु