गृहपृष्ठ सर्वोच्च अदालतद्धारा प्रचण्ड र बाबुराम विरुद्धको मुद्दामा यस्तो आदेश
सर्वोच्च अदालतद्धारा प्रचण्ड र बाबुराम विरुद्धको मुद्दामा यस्तो आदेश
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई विरुद्धको मुद्दामा सर्वोच्च अदालतले ‘अन्य’ आदेश गरेको छ ।
पूर्वबाल लडाकू लेलिन बिष्टले दायर गरेको प्रधानमन्त्रीद्वय समेत विरुद्धको रिटमा न्यायाधीशद्वय मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अन्य आदेश गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ ।
रिट निवेदकले अन्तरिम आदेश समेत मागेकोमा अदालतले अन्य आदेश दिएको छ । अन्य आदेशको विस्तृतमा लिखित आदेशमा उल्लेख हुनेछ ।
प्रकाशित समय : १६:१६ बजे

















