global ime bank Long Banner Ad

गृहपृष्ठ ट्रम्पले सुसी वाइल्सलाई बनाए ह्वाइटहाउसको ‘चिफ अफ स्टाफ’

ट्रम्पले सुसी वाइल्सलाई बनाए ह्वाइटहाउसको ‘चिफ अफ स्टाफ’

ट्रम्पले सुसी वाइल्सलाई बनाए ह्वाइटहाउसको ‘चिफ अफ स्टाफ’

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सुसी वाइल्सलाई ह्वाइटहाउसको चिफ अफ स्टाफमा नियुक्त गरेका छन् ।

वाइल्स ट्रम्पको चुनावी अभियानकी प्रबन्धक थिइन् । उनी लामो समयदेखि ट्रम्पको सल्लहाकारको रुपमा रहेकी छन् । २०२० को निर्वाचनआमा ट्रम्पलाई फ्लोरिडा राज्यमा चुनाव जिताउन सहयोग गरेकी वाइल्सले त्यसपछिको चार बर्ष ट्रम्पको चुनावी अभियानलाई नेतृत्व गरेकी थिइन् । ट्रम्पले यस पटकको चुनाव जितेपछिको पहिलो भाषणमा समेत आफ्नो जितमा वाइल्सको सबैभन्दा ठुलो भूमिका रहेको उल्लेख गरेका थिए ।

वाइल्सलाई ह्वाइटहाउसको चिफ अफ स्टाफ नियुक्त गर्दै ट्रम्पले उनी अमेरिकाको इतिहासमा पहिलो महिला चिफ अफ स्टाफ हुने बताएका छन् । ट्रम्पले वाइल्स स्मार्ट, क्रियटिभ र सम्मानित महिला भएको भन्दै २०१६ र २०२० को आफ्नो चुनावी अभियानमा पनि उनको भूमिका रहेको बताएका छन् ।

 

प्रकाशित समय : १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु