global ime bank Long Banner Ad

गृहपृष्ठ विमान निर्माण कम्पनी बोइङका कर्मचारीको हड्ताल बन्द

विमान निर्माण कम्पनी बोइङका कर्मचारीको हड्ताल बन्द

विमान निर्माण कम्पनी बोइङका कर्मचारीको हड्ताल बन्द

विमान निर्माण कम्पनी बोइङका कर्मचारीले सेप्टेम्बरदेखिको हड्ताल बन्द गरेका छन् ।

३३ हजार कर्मचारीको युनियनले कम्पनीले दिएको पछिल्लो अफर स्वीकार गर्ने पक्षमा मतदान गरेपछि सेप्टेम्बर १३ देखि जारी आन्दोलन सकिएको घोषणा गरिएको छ ।

५९ प्रतिशत कमर्चारीले कम्पनिले दिएको अफर स्वीकार गर्ने पक्षमा मतदान गर्दै आन्दोलन समाप्त पार्ने निर्णय गरेका हुन् ।

यस अघि दुई साता अघि भएको मतदानमा कम्पनीको अफर स्वीकार नगर्ने पक्षमा ६४ प्रतिशतले मतदान गरेका थिए ।

कम्पनीले कमर्चारीलाई तुरुन्तै १३ प्रतिशत पारिश्रमिक बढाउने भएको छ भने अर्को दुई बर्ष ९-९ प्रतिशत पारिश्रमिक बढाउने प्रस्ताव गरेको छ । त्यस्तै चौथो र पाँचौं बर्षमा ७-७ प्रतिशत बढाउने बताएको छ ।

बोइङ अमेरिकाको अर्थतन्त्रको प्रमुख योगदानकर्ता हो । यो अमेरिकाको सबैभन्दा ठुलो निर्यातकर्ता पनि हो । कर्मचारीको आन्दोलनका करण बोइङको १० हजार आपूर्तिमा समस्या भएको थियो । बोइङले अमेरिकाको अर्थतन्त्रमा ७९ बिलियन डलर योगदान गर्छ भने प्रत्यक्ष र अप्रत्यक्ष १६ लाख रोजगार दिएको छ ।

 

प्रकाशित समय : १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु