global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जादै

लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जादै

लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जादै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीसहितको प्रतिनिधि मण्डलसहित मुख्यमन्त्री आचार्य आगामी साता चीन जाने भएका हुन् ।

चीन जान लागेका मुख्यमन्त्री आचार्यको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री आचार्यको भ्रमण स्वीकृत गरेको हो ।

चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य सहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको हो ।

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखी १३) कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

प्रकाशित समय : १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु