global ime bank Long Banner Ad

गृहपृष्ठ विद्युत् प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन

विद्युत् प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन

विद्युत् प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगको लाइन

नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको छ।

यसअघि बिहान प्राधिकरणको सञ्चालक समितिमा यस विषयमा छलफल भएको थियो।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय बिहीबार कात्तिक ८ मा सकिएपछि लाइन काट्न सुरू गरेको हो। रकम नतिरी बस्ने सबै उद्योगको लाइन काट्ने ती अधिकारीको भनाइ छ।

गत असोज २४ गते फूलपातीका दिन प्राधिकरणले एक सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गर्दै सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको थियो। विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ।

प्रकाशित समय : २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु