गृहपृष्ठ लोसपाले पार्टी कार्यालयका लागि गर्यो कार्यविभाजन
लोसपाले पार्टी कार्यालयका लागि गर्यो कार्यविभाजन
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी कार्यालयका लागि नेताहरूमा कार्यविभाजन गरेको छ । लोसपाका सचिवालय सदस्यलाई दैनिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने भनि जिम्मेवारी तोकिएको छ ।
सचिवालय सदस्यहरू डा।सुरेन्द्र झालाई आइतबार, अभास लाभ सोमबार, मनिष मिश्र मंगलबार, बिनोदकुमार सिंह बुधबार, ज्ञानेन्द्र झा बिहीबार, निर्जला राउत शुक्रबार, पुष्पा ठाकुर र कविन्द्र ठाकुरलाई शनिबार पार्टी कार्यालयमा उपस्थित रहन पार्टीले कार्यविभाजन गरेको छ ।
त्यस्तै पार्टीको लेवी उठाउने जिम्मेवारी कोषाध्यक्षद्धय निर्जला राउत र कविन्द्र ठाकुरलाई दिएको छ ।
पार्टीद्वारा विभिन्न क्षेत्रसँग समन्वय गरी कार्य सम्पादन गर्न सहजता प्रदान गर्नका लागि स्वास्थ्य क्षेत्रको जिम्मेवारी अभाष लाभ र ज्ञानेन्द्र झालाई दिएको छ भने निर्वाचन आयोगको जिम्मेवारी सुरेन्द्रकुमार झा र प्रदीप पाठकलाई दिएको छ ।
प्रकाशित समय : २१:३२ बजे



















