global ime bank Long Banner Ad

गृहपृष्ठ अमरसिंह चोकका ५२ वटै टहरा हटाइए

अमरसिंह चोकका ५२ वटै टहरा हटाइए

अमरसिंह चोकका ५२ वटै टहरा हटाइए

गण्डकी । पोखराको अमरसिंह चोकमा अमरसिंह माविको जग्गामा रहेका ५२ वटै टहरा हटाइएको छ । गत वैशाख २९ गते सर्वपक्षीय हस्ताक्षर सहित जेठ ४ गतेभित्र व्यवसायीहरूले आफैँ टहरा हटाउने र जेठ ५ गते महानगरपालिकाले डोजर प्रयोग गर्ने सहमति अनुरुप सबै टहरा हटाइएको पोखरा महानगरपालिका–१२ का अध्यक्ष सन्तोष बाँस्तोलाले जानकारी दिए । उक्त स्थानमा विसं २०३८ देखि टहरा बनाएर बस्न थालिएको थियो ।

अमरसिंह माविको नाममा रहेको यहाँको जग्गा विद्यालयले नै भाडामा लगाएपछि व्यवसायीले भाडामा लिएर टहरा निर्माण गरी विभिन्न व्यवसायहरू गर्दै आएका थिए । व्यावसायिक टहरा व्यवस्थापन गर्ने कार्यमा महानगर प्रमुखसहित अमरसिंह माविका प्रधानाध्यापक, निवर्तमान विद्यालय व्यवस्थापन समिति, व्यवसायी तथा सञ्चारकर्मी सबैको साथ र सहयोग रहेको उनको भनाइ छ ।

खाली गराइएको स्थानको आगामी दिनमा कसरी उपयोग गर्ने सम्बन्धमा विद्यालयका पूर्वप्रधाध्यापक, पूर्वव्यवस्थापन समितिका अध्यक्ष, पोखरा महानगरपालिका शिक्षा महाशाखालगायत सम्बद्ध सबैलाई राखेर छलफल गरी निष्कर्षमा पुग्ने योजना रहेको उनले बताए।

प्रकाशित समय : ०५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु