global ime bank Long Banner Ad

गृहपृष्ठ चिनियाँ मिडिया गु्रप नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी

चिनियाँ मिडिया गु्रप नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी

चिनियाँ मिडिया गु्रप नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा चिनियाँ मिडिया गु्रप नेपाली विभागले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वृत्तचित्र प्रदर्शनी गरेको छ ।

नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सोही अवसरमा वृत्तचित्र प्रदर्शनीमा राखिएको चिनियाँ मिडिया गु्रपका विदेशी विशेषज्ञ चेतनाथ आचार्यले जानकारी दिए ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध एवं सहकार्यले नेपालको समाजिक–आर्थिक विकासका अलवा पूर्वाधार निर्माण, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको आचार्यको भनाइ थियो ।

नयाँ बानेश्वरको एम्बिसन एकेडेमीमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षकलगायतको समेत उपस्थिती थियो ।

प्रकाशित समय : २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु