global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ रूसी राष्ट्रपति पुटिन र सर्बियाका राष्ट्रपति बुसिकबीच साढे दुई वर्षपछि फोनवार्ता

रूसी राष्ट्रपति पुटिन र सर्बियाका राष्ट्रपति बुसिकबीच साढे दुई वर्षपछि फोनवार्ता

रूसी राष्ट्रपति पुटिन र सर्बियाका राष्ट्रपति बुसिकबीच साढे दुई वर्षपछि फोनवार्ता

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र सर्बियाका राष्ट्रपति अलेक्जेन्डर वुसिकबीच साढे दुई वर्षमा पहिलो पटक आइतबार फोनमावार्ता भएको छ ।

अर्को हप्ता हुने ब्रिक्स शिखर सम्मेलनमा वुसिकको सहभागिता सुनिश्चित गर्न दुई नेताबीच फोनवार्ता भएको हो । युरोपेली युनियनको उम्मेदवार सर्बियाले युक्रेनको क्षेत्रीय अखण्डताको उल्लङ्घनको निन्दा गरेको भएपनि युक्रेन आक्रमणलाई लिएर रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ । यो सर्वियाको रूससँग निकट र मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने रणनीति हो ।

आइतबार टेलिफोनमार्फत् भएको वुसिक र पुटिनबीचको वार्ता संक्षिप्त थियो । “रुसले यो जाडोमा सर्बियाका लागि पर्याप्त मात्रामा ग्यास उपलब्ध गराउने सुनिश्चित गरेकोमा मैले राष्ट्रपति पुटिनलाई विशेष धन्यवाद दिएँ,” वुसिकले सामाजिक सञ्जालमार्फत् सार्वजनिक भिडियो सन्देशमा भनेका छन् ।

सन् २०२२ को मे पछि पुटिनसँगको पहिलो प्रत्यक्ष वार्तामा वुसिकले युक्रेन द्वन्द्वका कारण रूसमाथि प्रतिबन्ध नलगाउने आफ्नो अडान सर्बियाले नबदल्ने बताएका थिए।

“सर्बियाले रूसी महासङ्घमाथि प्रतिबन्ध लगाउने छैन। यो परिवर्तन हुनेछैन,” वुसिकले भने । अक्टोबर २२ देखि २४ सम्म कजानमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन पुटिनले वुसिकलाई सेप्टेम्बरमा दिएको निमन्त्रणाको आधिकारिक प्रतिक्रियाको पर्खाइमा रहेका बेला सर्वियाले रूससँग यो वार्ता गरेको हो । एजेन्सि

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु