global ime bank Long Banner Ad

गृहपृष्ठ ब्याजदर घटेसँगै कर्जा प्रवाहमा सुधार,धितोमा ६६ प्रतिशत घरजग्गाको प्रयोग

ब्याजदर घटेसँगै कर्जा प्रवाहमा सुधार,धितोमा ६६ प्रतिशत घरजग्गाको प्रयोग

ब्याजदर घटेसँगै कर्जा प्रवाहमा सुधार,धितोमा ६६ प्रतिशत घरजग्गाको प्रयोग

ब्याजदर घटेपछि बैंक तथा वित्तीय संस्थाहरूबाट जाने कर्जा बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको देशको आर्थिक तथा वित्तीय विवरणमा बैंक तथा वित्तीय संस्थाहरूले चालु आवको दुई महिनामा कर्जा प्रवाहलाई १.४ प्रतिशतले बढाएको उल्लेख गरेको हो।

राष्ट्र बैंकका अनुसार यो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३९ करोड अर्थात १.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ अर्ब ६० करोड (०.७ प्रतिशत) ले बढेको थियो।

वार्षिक विन्दुगत आधारमा भने २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ।

२०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.० प्रतिशत र ३७.० प्रतिशत रहेको थियो। यस्तै समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.५ प्रतिशतले, विकास बैंकहरुका १.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको हो।

२०८१ भदौमसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये १३.२ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६६.२ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ।

गत वर्ष सोही अवधिमा घरजग्गामा धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.२ प्रतिशत रहेको थियो।

 

प्रकाशित समय : १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु