global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

तेस्रो क्रममा ब्याटिङमा आएका भुर्तेलले ३३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।

ओपनर आशिफ शेख चार बल खेलेर आउट हुँदा अर्का ओपनर अनिल शाहले साहले ३१ बलको सामना गर्दै २५ रन जोडे । उनले दुई चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले १२ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा १९ रन जोडे । अहिले क्रिजमा कुशल र कप्तान रोहित पौडेल छन् ।

 

नेपालले एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा छ ।

प्रकाशित समय : ०७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु