global ime bank Long Banner Ad

गृहपृष्ठ सिनवारको मृत्यु हमाससँगको बदला हो, अब बन्धक छुटाउछौं- नेतान्याहु

सिनवारको मृत्यु हमाससँगको बदला हो, अब बन्धक छुटाउछौं- नेतान्याहु

सिनवारको मृत्यु हमाससँगको बदला हो, अब बन्धक छुटाउछौं- नेतान्याहु BERLIN, GERMANY - MARCH 16: Israeli Prime Minister Benjamin Netanyahu and German Chancellor Olaf Scholz (not pictured) speak to the media following talks at the Chancellery on March 16, 2023 in Berlin, Germany. Netanyahu's one-day visit to Berlin is being accompanied by protests, including both by people angry over Israel’s policies towards Palestinians as well as those critical of possible new legislation in Israel supported by Netanyahu that would undermine the independence and the power of Israel's Supreme Court, effectively curtailing democracy in Israel. (Photo by Sean Gallup/Getty Images)

इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सेनाले पनि यसको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले याह्याको मृत्युले इजरायलले याह्या सिनवारबाट बदला लिएको बताएका छन् । उनले युद्ध अझै समाप्त नभएको बताउदै हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक नरसंहार गर्ने व्यक्ति रहेको बताए ।

बेन्जामिनसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि प्रतिक्रिया दिएका छन् । बाइडेनले डिएनए परीक्षणबाट सिनवारको मृत्यु भएको पुष्टि भएको बताए । यो इजरायल र संयुक्त राज्य अमेरिका साथै सम्पूर्ण विश्वको लागि राम्रो दिन भएको उनले टिप्पणी गरेका छन् । उनले इजरायली बन्धकहरुको रिहाईको लागि यो राम्रो अवसर भएको बताए । साथै उनले यसले एक वर्षदेखि जारी गाजा युद्धको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकाले सिनवार आतंकवादी संगठन हमासको प्रमुखको रूपमा, सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी र तीस भन्दा बढी देशहरूमा सर्वसाधारणको मृत्युको लागि जिम्मेवार रहेको उल्लेख गर्दै गत बर्षको अक्टोबर ७ को हत्याकाण्ड, बलात्कार र अपहरणका मुख्य योजनाकार रहेको बताएको छ ।

जो बाइडेनले अब आफुले बन्धकहरुलाई उनीहरुको परिवारमा फिर्ता ल्याउने र यो युद्ध सदाका लागि अन्त्य गर्ने उपायबारे छलफल गर्ने बताएका छन् ।

त्यस्तै प्रधानमन्त्री नेतान्याहुले इजरायलले याह्या सिनवारको बदला लिएको तर युद्ध अझै नसकिएको बताएका छन् । उनले भने, हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक नरसंहार गर्ने व्यक्ति थिए । नेतान्याहुले हमास नेताको मृत्यु युद्धमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए । उनले अब गाजामा बन्धक बनाइएकाहरुलाई फिर्ता ल्याउन सकिने बताए ।

 

प्रकाशित समय : ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु