global ime bank Long Banner Ad

गृहपृष्ठ बिपी पुत्र प्रकाशद्वारा कोजाग्रत पूर्णिमाका अवसरमा चियापान

बिपी पुत्र प्रकाशद्वारा कोजाग्रत पूर्णिमाका अवसरमा चियापान

बिपी पुत्र प्रकाशद्वारा कोजाग्रत पूर्णिमाका अवसरमा चियापान

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापका लागि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई जेठा छोरा प्रकाश कोइरालाले निरन्तरता दिएको छ ।

विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब १० वर्ष लामो भारत निर्वासन छाडेर स्वदेश फर्केका बिपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै तत्कालीन सुन्दरीजल बन्दीगृह हालको बिपी सङ्ग्रहालयमा लगिएको थियो । त्यसै वर्ष उपचारका लागि जेलबाट छुटेदेखि बिपीले बडादसैँको कोजाग्रत पूर्णिमाका दिन चियापान सुरु भएको थियो । बिपीको देहान्तपछि चियापानको यो परम्परालाई कांग्रेसका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले निरन्तरता दिँदै आएको थियो ।

पूर्वमन्त्रीसमेत रहेका नेता कोइरालाले कांग्रेस बिपीले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिए । आगामी वर्षमा पनि कोजाग्रत पूर्णिमाका अवसरमा बिपीले सुरु गरेको चियापानको परम्परालाई निरतन्तरता दिने उहाँको प्रतिबद्धता थियो ।

कार्यक्रममा बलिउड नायिका एवं बिपीकी नातिनी मनिषा कोइराला, बिपीकी छोरी चेतना कोइराला, सुशील कोइराला मेमोरियल फाउण्डेसनका सदस्यसचिव अतुल कोइरालालगायत सहभागी थिए ।

सो अवसरमा बिपी पुत्र कोइरालालगायतले सङ्ग्रहालय परिसरमा रहेको बिपीको पूर्णकदको सालिकमा माल्यार्पण गरे। कार्यक्रममा उपस्थित इच्छुक महानुभावलाई कोइरालाले टीका तथा जमरासहित आशीर्वाद पनि दिए ।

प्रकाशित समय : ०५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु