global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ निफ्राले ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

निफ्राले ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

निफ्राले ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकको रुपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम व्यवसाय संचालितश्री नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “निफ्रा उर्जा ऋणपत्र ६% (२०८८/८९)” नामको कूल ५०,००,००० कित्ता ऋणपत्र निष्काशन गर्नकालागि श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक श्री विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात्कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ ।

 

प्रकाशित समय : १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु