गृहपृष्ठ कामना सेवाविकास बैंकको १८ औं वार्षिक साधारणसभावाट लाभासं पारित
कामना सेवाविकास बैंकको १८ औं वार्षिक साधारणसभावाट लाभासं पारित
कामना सेवाविकास बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशतलाभाशं पारित गरेको छ ।
साथै, उक्त साधारण सभावाट लेखा परीक्षकको प्रतिवेदन सहितआ.व.२०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोहीआ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।
त्यसै गरि सभाले १०० रुपैया दरले ३५ करोड रुपैया बराबरको वार्षिक ९ प्रतिशत लाभाशं दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।
उक्त साधारण सभाले आ.व. २०८१/०८२ को लेखा परीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभामा सेयरधनीले राख्नु भएको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए ।
शेयरधनी महानुभावहरुले राखेका जिज्ञासाको जवाफ दिदै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश थकालीले शेयरधनीहरुको सुझाव, स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिलहुने गरी कार्य संचालन गरिएको तथा चालु आ.व.मा पनि बैंकले शेयरधनीहरुको अपेक्षाबमोजिमको लक्ष्यहासिल गर्ने बताए ।
उक्त सभामा उपस्थित शेयरधनीहरुलाई बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले मन्तव्य मार्फत् स्वागत गरेका थिए ।
प्रकाशित समय : २१:४२ बजे




















