global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

इजरायलले मङ्गलबार हिजबुल्लाहका एक वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको दाबी गरेको छ ।

इजरायली रक्षा बलले हिजबुल्लाहको युनिट १२७ लाई नष्ट गर्ने बताएको केही घण्टापछि युएभी कमान्डरको मृत्यु भएको हो । युएभी एकाईले हिजबुल्लाह समूहको मानवरहित विमानको अनुगमन गर्दछ ।

मृतक हिजबुल्लाह कमान्डरलाई खादर अल–अबेद बाहजाका रूपमा पहिचान गरिएको थियो, जसले लिटानी नदीको उत्तरमा हिजबुल्लाहको एरियल युनिटको गतिविधि हेर्ने जिम्मेवारी तोकिएको थियो ।

इजरायलद्वारा दिइएको जानकारीमा बाहजाको हत्या कहाँ र कहिले भएको थियो भन्नेबारे स्पष्ट उल्लेख गरिएको छैन ।

‘बाहजाको कमान्डमा इजरायली नागरिक र सेना विरुद्धको हवाई आक्रमण यूएभी, निगरानी विमान र विस्फोटक विमानको प्रयोग गरेर गरिएको सेनाले जनाएको छ ।

इजरायली सैन्य अधिकारीहरूले आइतबार राति मध्य बिन्यामिन क्षेत्रमा रहेको सेनाको आधारको भोजन कक्षमा ड्रोन प्रहार गर्दा चार सैनिक मारिनुका साथै करिब ६० जना घाइते भएको बताएका छन् ।

सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि, इरान समर्थित हिजबुल्लाहले उत्तरी इजरायली समुदायहरूमा दैनिक रकेट फायर र ड्रोन प्रक्षेपण गर्न थालेको थियो ।

सेप्टेम्बर २९ मा सरकारले जारी गरेको तथ्यांकअनुसार उत्तरी इजरायलका ६८ हजारभन्दा बढी बासिन्दाहरू विस्थापित भएका छन् । हिजबुल्लाह नेताहरूले इजरायलीलाई उनीहरूको घर फर्कनबाट रोक्न आक्रमणहरू जारी राख्ने बारम्बार बताउँदै आएका छन् ।

सन् २००६ को दोस्रो लेबनान युद्धको अन्त्य गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ अनुसार हिजबुल्लाह समूहलाई लिटानी नदीको दक्षिण वा दक्षिणी लेबनानमा उसका गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ ।

प्रकाशित समय : १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु