global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ धरानमा कार्यवाहक विवाद, उपप्रमुखको आपत्ति

धरानमा कार्यवाहक विवाद, उपप्रमुखको आपत्ति

धरानमा कार्यवाहक विवाद, उपप्रमुखको आपत्ति

धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि विवाद चुलिएको छ ।

मेयर साम्पाङ बेलायत जाने भएपछि उनले वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक तोकेको विषय विवादित बनेको हो ।

वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाले आपत्ति जनाएका छन् । उपप्रमुख बेघाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्वत आफू कार्यवाहक हुने दाबी गरेका छन् ।

उनले भनेका छन्( ‘कार्यवाहक तोक्ने कुरामा तजविजी अधिकार नगरप्रमुखलाई छैन । व्यक्तिगत ढंगले कसैलाई लागेर तजविजी प्रयोग गर्ने कुरा हुँदैन । सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने व्यवस्था गरेको छ ।

अर्को तर्फ वडा नम्बर ११ का वडा अध्यक्ष फागुले हिजोदेखि आफूले कार्यवाहकको जिम्मेवारी सम्हालेको बताए । उनले उपमेयरलाई कार्यवाहक दिनुपर्ने भनेर विवाद आइरहेको पनि बताउदै । आफूले माग्दै नमागी कार्यवाहक दिइएको बताउदै फागुले आफुले हिजोदेखि कार्यवाहक सम्हालिसकेको बताएका छन् ।

आफूले कार्यवाहकको जिम्मेवारी बहन गर्दैगर्दा कुनै पनि अवरोध नरहेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत र मेयर राईका स्वकीय सचिवसँगको सहकार्यमा काम भइरहेको उनले बताए । मेयर साम्पाङ आगामी कात्तिकको १७ गतेसम्ममा नेपाल फर्किने बताइएको छ ।

प्रकाशित समय : १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु