global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ समिट एयरले गर्‍यो सिमकोट विमानस्थलमा जहाजको पूजापाठ

समिट एयरले गर्‍यो सिमकोट विमानस्थलमा जहाजको पूजापाठ

समिट एयरले गर्‍यो सिमकोट विमानस्थलमा जहाजको पूजापाठ

निजी क्षेत्रको हवाई कम्पनी समिट एयरले सिमकोट विमानस्थलमा जहाजको पूजाका साथै महाअष्टमी तथा महानवमी मनाएको छ। पहिलो पटक सिमकोट विमानस्थलमा समिट एयरले बडादसैँ मनाउनुका साथै जहाजको पूजापाठसमेत गरेको हो।

बिहीबार नेपालगञ्जबाट उडान भरेको एउटा जहाजमा प्राविधिक समस्या आएपछि सिमकोट विमानस्थलमै रहेको र शुक्रबार पोखराबाट अर्को जहाजमा प्राविधिकसहित आएको टोली समस्या देखिएको जहाजको मर्मतपछि बडादशैंको अवसरमा जहाजको पूजापाठका साथै कर्मचारीहरूले दशैं मनाउने कार्य भएको उक्त एयरलाइन्सले जनाएको छ ।

२०८१ सालको अष्टमी तथा महानवमीको अवसरमा समिट एयरलाइन्सका अप्रेसन डाइरेक्टर क्याप्टेन मनिष पन्त र इन्जिनियरिङ डाइरेक्टर प्रज्वल राणाको उपस्थितिमा सिमकोट विमानस्थलमा विमानको पूजापाठ गरिएको थियो।

मर्मतपछि प्राविधिक समस्या देखिएको जहाज नेपलागञ्ज फिर्ता भएको छ। विमानस्थलमै रहेको जहाजलाई ब्राह्मणले पूजापाठ गरेका थिए।

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु