global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपाल आयल निगमले दशैँ बिदामा इन्धनको अभाव हुन नदिन डिपो खुला राख्दै

नेपाल आयल निगमले दशैँ बिदामा इन्धनको अभाव हुन नदिन डिपो खुला राख्दै

नेपाल आयल निगमले दशैँ बिदामा इन्धनको अभाव हुन नदिन डिपो खुला राख्दै

नेपाल आयल निगमले दशैँ बिदामा इन्धनको अभाव हुन नदिन डिपो खुला राख्ने भएको छ । दशैँको समयमा पेट्रोलियम पदार्थको सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा निगमका प्रादेशिक तथा शाखा कार्यालयअन्तर्गतका डिपोहरु आलोपालो खुला गर्ने निर्णय गरिएको हो ।

जसअनुसार विराटनगर, अमलेखगञ्ज, पोखरा, भैरहवा, सुर्खेत, धनुषा, वीरगञ्ज र चारआली डिपो आज र असोज २८ गते दुई दिन खुला हुने भएको छ । दाङको इन्धन डिपो असोज २७ गते खुल्नेछ भने नेपालगञ्जको इन्धन डिपो आवश्यकताअनुसार खुला राख्ने निर्णय गरिएको छ । यस्तै धनगढीको डिपो असोज २४, २७ र २८ गते र थानकोट डिपो असोज २४, २५ र २८ गते खुल्ने छ ।

 

प्रकाशित समय : ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु