global ime bank Long Banner Ad

गृहपृष्ठ दशैँमा दुई दिन प्रहरीले काठमाडौंमा निःशुल्क बस सेवा दिँदै

दशैँमा दुई दिन प्रहरीले काठमाडौंमा निःशुल्क बस सेवा दिँदै

दशैँमा दुई दिन प्रहरीले काठमाडौंमा निःशुल्क बस सेवा दिँदै

बडादसैँका अवसरमा नेपाल प्रहरीले यो वर्षको महाअष्टमी र महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज २५/२६ गते काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गरिने प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरीले दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । रुट नम्बर–१ अन्तर्गत नयाँ बसपार्क, बालाजु, बल्खु, सातदोबाटो, लगनखेल, थापाथली, पुतलीसडक, नक्साल, टिचिङ, चक्रपथ हुँदै बस सञ्चालन गरिनेछ ।

रुट नम्बर–२ अन्तर्गत एयरपोर्ट, कोटेश्वर, ठिमी, सूर्यविनायक, गौशाला, चाबहिल, चक्रपथ, बालुवाटार, नक्साल, रातोपुल हुँदै बस सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

दुवै रुटमा बिहान र अपराह्न गरी दुई सिफ्टमा बस सेवा सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित समय : १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु