global ime bank Long Banner Ad

गृहपृष्ठ ‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन साना उद्योगको ठूलो भूमिका हुन्छ’

‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन साना उद्योगको ठूलो भूमिका हुन्छ’

‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन साना उद्योगको ठूलो भूमिका हुन्छ’

देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योगहरूको ठूलो भूमिका हुने भन्दै सरोकार भएकाहरूले त्यस्ता उद्योगको प्रवर्द्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ यहाँस्थित राष्ट्रिय सभागृह परिसरमा आयोजित दोस्रो जिल्लास्तरीय उद्योगी मेला र दसैँ महोत्सव २०८१ को समापन समारोहमा आज सरोकार भएकाहरूले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँकी अध्यक्ष पद्मकुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योहरूको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन। उनले स्थानीयस्तरमा रहेका साना उद्यमीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता औँल्याइन ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार भएकाले यस्ता उद्योगको प्रवर्द्धनका लागि महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा राज्यले नीतिगत रूपमा धेरै कुरामा ध्यान दिए पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताए। काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याउने लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र बजारीकरणमा सघाउन प्रदर्शनी आयोजना गरिएको बताए।

घरेलु तथा साना उद्योग सङ्घ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रूपमा गत बुधबारदेखि उद्योगी मेला र दसैँ महोत्सव सुरु भएको थियो ।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु