global ime bank Long Banner Ad

गृहपृष्ठ फ्लोरिडामा भयंकर आँधीतुफान, हजार वर्षकै सबैभन्दा बढी बर्षा

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार वर्षकै सबैभन्दा बढी बर्षा

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार वर्षकै सबैभन्दा बढी बर्षा

अमेरिकाको फ्लोरिडा राज्यको ‘सिएस्टा की’ सहरको तटीय क्षेत्रमा बिहीबार बिहान मिल्टन आँधी आएको छ ।

जसका कारण फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पछिल्लो एक हजार वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ । ३ घण्टामा १६ इन्च पानी परेको छ । जुन हरेक ३ महिनामा हुन्थ्यो ।

मिल्टन फ्लोरिडामा पुग्ने यो वर्षको तेस्रो आँधी हो। यो सिएस्टाको तटमा ठोक्नु भन्दा पहिले एक ५ श्रेणी को तूफान थियो। अहिले यसलाई श्रेणी ३ को आँधी घोषित गरिएको छ। यसको बावजूद यो धेरै खतरनाक छ।

आँधीका कारण फ्लोरिडाका धेरै सहरहरूमा १९३ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । अमेरिकी मिडिया हाउस सीएनएनका अनुसार फ्लोरिडाका करिब १० लाख मानिसका घर बिजुलीविहीन भएको छ।

२० लाख मानिस बाढीको जोखिममा छन् । अवस्था यति बिग्रिएको छ कि कतिपय क्षेत्रमा जनताको सुरक्षाका लागि तैनाथ प्रहरीलाई समेत सुरक्षित स्थानमा फर्कन निर्देशन दिइएको छ ।

आँधीसँगै दर्जनौं टोर्नाडो

फ्लोरिडाका धेरै सहरमा आपतकाल लगाइएको छ । न्यूयोर्क टाइम्सका अनुसार आँधीसँगै दर्जनौं टोर्नेडो र त्यसबाट भएको क्षतिको जानकारी पनि बाहिर आउन सुरु भएको छ ।

यसै क्रममा न्युर्योक टाइम्सका अनुसार एट्लान्टिक महासागरमा अर्को आँधी ‘लेस्ली’ बनिरहेको छ । तर, अमेरिका पुग्ने सम्भावना भने निकै कम छ । रोयटर्सको रिपोर्ट अनुसार मिल्टन आँधीका कारण अमेरिकालाई ८ लाख करोड डलरको नोक्सानी हुन सक्छ ।

 

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु