global ime bank Long Banner Ad

गृहपृष्ठ दशैँका लागि नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत

दशैँका लागि नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत

दशैँका लागि नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत

नेपाल राष्ट्र बैंकले दशैँका लागि यस वर्ष नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत भएको छ । तर नोट सटहीको चाप भने घटेको छ । गएको वर्ष राष्ट्र बैङ्क काठमाण्डौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष झन्डै चार अर्बमा सिमित भएको छ । यो झन्डै २५ अर्बले कम हो ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट भन्डै दुई अर्ब र अन्य बैंकबाट पनि त्यहि बराबरीको नोट सटही भएको अनुमान गरिएको छ ।

नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छ भने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट व्यहोर्न नपरेको पनि उनको भनाई छ ।

 

प्रकाशित समय : १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु