global ime bank Long Banner Ad

गृहपृष्ठ काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

श्रीलंकाको राजधानी कोलम्बोमा जारी काभा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपालले बिहीबार आफ्नो चौथो खेल खेल्दैछ । नेपाली टोलीले चौथो खेल किर्गिस्तानसँग खेल्न लागेको हो ।

नेपाल र किर्गिस्तानबिचको खेल नेपाली समय अनुसार, साँझ ९:१५ बजे सुरु हुनेछ । प्रतियोगितामा यसअघि तीन खेल खेलिसकेको नेपालले दुई जित र एक हारको नतिजा निकालेको छ । नेपाली टोलीले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो ।

यसैगरी, नेपाली टोली आफ्नो तेस्रो खेलमा भने उज्वेकिस्तानसँग १–३ सेटले पराजित भएको थियो । त्यसपछि नेपाली टोलीले आफ्नो तेस्रो खेलमा उत्कृष्ट प्रदर्शनसहित माल्दिभ्सलाई ३–० को सोझो सेटमा पाखा लगाएको थियो ।

उक्त खेलमा प्रारम्भदेखि नै नेपालले माल्दिभ्सलाई दबाबमा राखेको थियो । नेपालले पहिलो सेटको नतिजालाई २५–५ अङ्कले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि नेपाली टोली २५–१२ अङ्कले अगाडि रह्यो । नेपालले तेस्रो सेटको नतिजालाई पनि २५–२० अङ्कले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो जितसँगै नेपाली टोलीले अगाडि बढ्ने सम्भावना कायमै राखेको छ । त्यसैले नेपाली टोलीका लागि किर्गिस्तानविरुद्धको खेल निकै महत्त्वपूर्ण छ । आफ्नो पाँचौँ खेलमा नेपाली टोलीले शुक्रबार तुर्कमेनिस्तानको सामना गर्नेछ ।

 

प्रकाशित समय : १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु