global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने

निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने

निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्वाचनमा पराजित भएका पूर्वपदाधिकारीलाई महत्वपूर्ण जिम्मेवारी दिने भएको छ । पार्टी सङ्गठनलाई थप एकता र सुदृढ गर्न निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न कुनै भूमिका तथा जिम्मेवारी दिन लागिएको हो ।

कार्य विभाजनका क्रममा नेताहरुको योगदान र सक्षमताको आधारमा विभागीय प्रमुख तथा जनवर्गीय इन्चार्जको जिम्मेवारी दिने तयारी भएको हो । पार्टी सङ्गठन गतिशील बनाउन नेताहरुको कार्यविभाजन गरी पार्टीका विभागलाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका ईन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गरिने जनाइएको छ ।

नेताहरूबीच थप छलफल गरी सङ्गठन सुदृढीकरणमा अनुभव अनुभवी, सक्षम नेताहरुलाई विगतको योगदानका आधारमा उपयुक्त जिम्मेवारी दिने विषयमा तल्लो तहदेखि नै सुझाव आएको सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।

पूर्वपदाधिकारीमा उपाध्यक्षत्रय धनेन्द्र बस्नेत, प्रमेश हमाल र बेदुराम भुसाल चुनावमा प्रतिस्पर्धा नगरेकाले वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरिएको छ । विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्री पदाधिकारीमा पराजित भए ।

हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो ।

महाधिवेशनले पुरानो पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो । केन्द्रीय १८ पदाधिकारीसहित १०५ पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै जिल्ला पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ ।

प्रकाशित समय : १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु