काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रभु बैंक भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित

1.74K
shares

पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंक लि.भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् Excellence in Consumer Debit Card Business/Excellence in Product Innovation गरी दुई बिधामा सम्मानित भएको छ । भिजा एफिलिएट सदस्यताश्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्ड को व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्डप्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इनप्रोडक्ट इनोभेसनपूर्ण नविनतम् सुविधा सहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको पहिलो ब्यबसायिक सेवा बिस्तार सँग सम्बन्धित् छ ।

प्रभु बैंक लि. ले सञ्चालनमा ल्याएको प्रभुभिजा बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ ब्यबसायिक कारोवारको भुक्तानीसरल र सुरक्षिततरीकाले विद्युतीय भुक्तानीको माध्यमबाट गरीन्छ ।

प्रभुभिजा बिजनेश डेबिट कार्डप्रभु बैंकमा चल्ती (Current) खाताखोली कारोबार गर्ने/गरिरहेका खाताधनी (Corporate Personals) हरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजाबिजनेश डेबिट कार्ड सेवाको थालनी गरीएको हो । भिजाबिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ ।

कर्पाेरेट र व्यापारिक घरानाहरू,फर्महरू, कम्पनीहरू,स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमितहुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवाप्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् ।

प्रभु बैंकद्धारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजताभई व्यवसाय प्रबद्र्धनमा थप सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हाल सालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखाकार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवाप्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवाप्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।