काठमाडौं आइपूगे श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय
वि.सं.२०८१ असोज ७ सोमवार १४:५३
shares

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौं आएका छन् । सोमबार बिहान काठमाडौं ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका छन् । राजपाक्षे डुक एयरको उडान नम्बर ४०० बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
राजपाक्षे चितवन पनि जाने कार्यक्रम रहेको बताइएको छ ।






















