global ime bank Long Banner Ad

गृहपृष्ठ अनेमसङ्घ (क्रान्तिकारी) गण्डकीमा शाही निर्वाचित

अनेमसङ्घ (क्रान्तिकारी) गण्डकीमा शाही निर्वाचित

अनेमसङ्घ (क्रान्तिकारी) गण्डकीमा शाही निर्वाचित

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ)सर्वसम्मत निर्वाचित भएको छ ।

पोखरामा आज राति अबेर सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्सीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षमा लीला विक(गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित भए । सचिवमा निर्मला सुवेदी ‘क्रान्ति’ (कास्की)र कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) यसैगरी सहसचिवमा हेमकुमारी सुनार ‘ज्योति’ (नवलपुर)निर्वाचित यचन भएकामा बाँकी दुई सहसचिव पछि चयन गरिने जनाइएको छ ।

यसअघि सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले संविधानमा व्यवस्था गरिएका महिलाका अधिकारहरू रक्षा गर्नका लागि सम्पूर्ण महिला सचेत र सजग रहनुपर्ने बताएको थियो ।

लामो सङ्घर्षपछि प्राप्त अधिकार र उपलब्धिमाथि षड्यन्त्र हुनसक्ने भएकाले परिस्थितिसँग जुध्न तयार रहन अपिल गरे । “अहिलेको संविधान माओवादी जनयुद्धले लेखिएको हो, यसमा धेरै अधिकार स्थापित छन् । संविधान संशोधनको बहानामा पुरानै संविधानतिर फर्काउने षड्यन्त्रसमेत हुनसक्दछ । त्यसैले संविधानको रक्षाका लागि सबै एकजुट हुनु आवश्यक छ”, उपाध्यक्ष भुसालले भने ।

पार्टीलाई आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरिकन एक्लै चुनाव लड्न सक्ने बलियो शक्ति बनाउनेगरी पार्टी निर्माण गरिने बताए । पार्टी स्थायी समिति बैठकपछि सबै प्रदेशमा पार्टीका बैठक सम्पन्न भएको र आगामी केन्द्रीय समिति बैठकका लागि महत्त्वपूर्ण सुझाव नेता, कार्यकर्ताबाट प्राप्त भएको उपाध्यक्ष भुसालले बर्ताए ।

“पहिलो संविधानसभा निर्वाचनमा हामीले एकल बहुमत नजिक पुगेका थियौँ । त्यसपछि हाम्रो जनमत कम हुँदै गएको छ । हामी सत्तामा बढी केन्द्रित भयौँ, अब जनतामा जाने र बलियो पार्टी बनाउने गरी कार्यक्रम बनाउँदैछौँ ।” उपाध्यक्ष भुसालले राजनीतिक मान्यतामा पहिलो र दोस्रो ठूलो दलको सरकार बन्न नसक्ने भए पनि अघिल्लो सरकारले सुरु गरेका सुशासनलाई रोक्नका लागि हतार–हतार नयाँ सरकार बनेको टिप्पणी गरे ।

माओवादी केन्द्रका सचिव दीननाथ शर्माले जनयुद्धमा नेपाली महिलाले गरेको ठूलो त्याग र बलिदानका कारण संविधानमा धेरै हक अधिकार स्थापित भएको बताए । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष अमृता थापामगरले जनयुद्धमा जस्तै अबको समाजवादी क्रान्तिमा समेत महिला शक्ति अग्रणी मोर्चामा उभिनुको विकल्प नभएको बताए ।

सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट गरी चार सय ५० जना प्रतिनिधिको सहभागिता थियो । सम्मेलनका अवसरमा महिला सङ्घका संस्थापक, जनयुद्धका जेल ब्रेकर महिला तथा घाइते योद्धालाई सम्मान गरिएको थियो ।

प्रकाशित समय : ०३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु