global ime bank Long Banner Ad

गृहपृष्ठ सहज ढङ्गले व्यवसाय सञ्चालनका लागि महानगरसँग कबाड व्यवसायीको माग

सहज ढङ्गले व्यवसाय सञ्चालनका लागि महानगरसँग कबाड व्यवसायीको माग

सहज ढङ्गले व्यवसाय सञ्चालनका लागि महानगरसँग कबाड व्यवसायीको माग

कबाड व्यवसायी समाजले सहज र सरल ढङ्गले व्यवसाय सञ्चालनका लागि सहयोग गर्न काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज बृहत् भेलागरी महानगरका नगरप्रमुख बालेन शाहको ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष रामकेवल गुप्ताले जानकारी दिए ।

प्रचलित कानुनबमोजिम दर्ता नवीकरण गराउन चाहेका कबाड व्यवसायलाई दर्ता नवीकरण गराउन माग गरे । महानगरका वडा कार्यालयले कबाड व्यवसायको दर्ता नवीकरण नगरेको र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा महानगरले कबाडी व्यवसायमा दर्ता गर्न रोक लगाएको दाबी गरे । भेलामा आम आदमी पार्टीका अध्यक्ष प्रमुख साहलगायत नेताहरुको पनि उपस्थिति थियो ।

कबाड व्यवसायमा आबद्ध व्यक्तिलाई बेरोजगार बनाइरहेको छ र पेसा व्यवसाय गर्न पाउने हकको हनन गरेको, स्वतन्त्र रुपमा आफ्नो व्यवसाय गर्न पाउने हकको सुनिश्चित हुनुपर्ने माग समाजले गरेको छ ।

प्रकाशित समय : २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु