गृहपृष्ठ संविधान कार्यान्वनयमार्फत नागरिकका आवश्यकता परिपूर्ति गरौं: उपाध्यक्ष घिमिरे
संविधान कार्यान्वनयमार्फत नागरिकका आवश्यकता परिपूर्ति गरौं: उपाध्यक्ष घिमिरे
राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गरेको छ । संविधान दिवसका अवसरमा शुभकामना दिनुहुँदै उहाँले संविधानमा भएका व्यवस्थाको कार्यान्वयनमार्फत नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्नुपर्नेमा जोड दिए ।
“संविधान जारी भएको नौ वर्षको अवधिमा राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले द्रुत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको अनुभूति गर्न पाएका छैनन्” सन्देशमा “संविधानले परिकल्पना गरेका विषयलाई कार्यान्वयन गर्न सकेमा मात्र सङ्घीयता र गणतन्त्र बलियो हुने भएकाले सरकार र सम्बद्ध सबै पक्षलाई संविधानको दिगो कार्यान्वयनमा ध्यानाकर्षण गराउन चाहान्छु ।”
संविधानअनुसार आवश्यक कानुन नबनाइँदा तीन तह रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको कार्यान्वयनमा समेत कठिनाइ भइरहेको उल्लेख गदै उपाध्यक्ष घिमिरेले यथाशीघ्र कानुन तर्जुमा गरी संविधान कार्यान्वयनलाई पूर्णता दिन आवश्यक रहेको बताए ।
प्रकाशित समय : ०४:५५ बजे



















