गृहपृष्ठ एकैपटक चार शहरमा लन्च हुँदै टाटाको पन्च ईभी

एकैपटक चार शहरमा लन्च हुँदै टाटाको पन्च ईभी

एकैपटक चार शहरमा लन्च हुँदै टाटाको पन्च ईभी

नेपालमा बहुप्रतिक्षित टाटाको पन्च ईभी एकै पटक चार शहरमा लन्च भएको छ । चितवन, पोखरा, बुटवल र भैरहवामा एकैपटक लन्च भएको हो । सिप्रदी ट्रेडिङका अनुसार धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको हो ।

पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको उपस्थिति थियो ।

यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने सहभागी थिए ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च ईभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । पोखरामा औपचारिकरूपमा पन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदा आफू उत्साहित भएको उनको भनाइ छ । उनले गाडीको बिक्रीसँगै ईभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए ।

भैरहवा,बुटवलको कार्यक्रममा बोल्दै सीओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो । गाडीको साँचो हातमा लिँदै कतिपय ग्राहकले टाटाको पन्च ईभी चढ्न पाउँदा आफूहरू उत्साहित भएको बताएका थिए ।

टाटा पन्च ईभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पन्च ईभीको उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटोरएप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् । यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि छ । यो कारले ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

प्रकाशित समय : ०७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु