global ime bank Long Banner Ad

गृहपृष्ठ चार लाख राशीको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि

चार लाख राशीको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि

चार लाख राशीको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि Football.

काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ मन्दिर परिसरमा तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ७ गतेदेखि तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता–२०८१ हुने भएको हो ।

संस्थाका अध्यक्ष शान्त उदासले प्रत्येक वर्ष झैँ यसवर्ष पनि मातातीर्थ चौरमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए। उनले प्रतियोगितामा काठमाडौं उपत्यकाका साथै धादिङ, मकवानपुर, नुवाकोट, काभ्रेपलाञ्चोकलगायत जिल्लाका खेलाडीको सहभागिता रहने बताए।

प्रतियोगितामा सहभागी हुने टीमले असोज ४ गतेसम्म गर्न सक्ने अध्यक्ष उदासले बताए। प्रतियोगितामा प्रथम हुने टिमले चार लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले दुई लाख पचास हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमले एक लाख पचास हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् ।

विस २०७९ देखि सुरु गरिएको प्रतियोगितामा पहिलो वर्ष ३० र दोस्रो वर्ष २४ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित समय : १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु