global ime bank Long Banner Ad

गृहपृष्ठ महसुल भुक्तानी गर्दा नेपाल टेलिकमले शतप्रतिशत जरिवाना छुट

महसुल भुक्तानी गर्दा नेपाल टेलिकमले शतप्रतिशत जरिवाना छुट

महसुल भुक्तानी गर्दा नेपाल टेलिकमले शतप्रतिशत जरिवाना छुट

नेपाल टेलिकमले महसुल भुक्तानीमा जरिवाना छुट दिने भएको छ । कम्पनीले विभिन्न सेवाहरूको महसुल भुक्तानी गरेमा जरिवाना छुट दिने जनाएको छ ।

विभिन्न सेवाहरू पीएसटीएन, जीएसएम मोबाइल, सीडीएमए मोबाइल, एडएसएल, एफटीटीएच, लिज लाइन, प्रयोग गरेबापत भुक्तानी गर्न बाँकी बक्यौता समयमै तिर्न कम्पनीले ग्राहकहरूलाई अनुरोध गरेको छ ।

पुरानो बक्यौता भुक्तानी गर्ने ग्राहकहरूलाई जरिवाना छूट प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७८/७९ सम्मको बक्यौता २०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने सम्पूर्ण जरिवाना छुट दिइनेछ ।

आर्थिक वर्ष २०७९÷८० को बक्यौता २०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवानाको ५० प्रतिशत छुट दिने कम्पीले जनाएको छ । पुरानो बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशन गर्ने र कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले बताएको छ ।

 

प्रकाशित समय : ०९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु