global ime bank Long Banner Ad

गृहपृष्ठ वीरगञ्जमा गणेश चतुर्थी महोत्सव

वीरगञ्जमा गणेश चतुर्थी महोत्सव

वीरगञ्जमा गणेश चतुर्थी महोत्सव

वीरगञ्जमा गणेशको पूजा आराधानासहित गणेश चतुर्थी महोत्सव सुरु भएको छ । भाद्र शुक्ल चतुर्थीदेखि भाद्रशुक्ल अष्टमीसम्म गणेशको पूजाआराधाना गरेर गणेश चतुर्थी महोत्सव मनाइँदैछ ।

जय गणेश झन्कार मण्डल परिवारका उपाध्यक्ष राकेशकुमार साहले शनिबारदेखि बुधबारसम्म भगवान गणेशको पूजाआराधाना गरेर गणेश चतुर्थी मनाउन लागेको बताए । ‘‘आज विशेष पूजाआराधाना गरेर भगवान् गणेशको जन्मदिनको सुरुवात गर्दैछौँ’’, उनले भने, ‘‘हामीले भगवान गणेशको असाध्यै प्रिय प्रसाद एक सय ५१ किलोग्राम लड्डुसहित पूजाआराधाना गर्दैछौँ । यहाँ हजारौँ भक्तजनहरुको उपस्थिति रहने अपेक्षा रहेको छ ।’’

वीरगञ्ज महानगरपालिका–१० मा अवस्थित घडीअर्वा पोखरीसँगै रहेको रामजनकी मन्दिरको प्राङ्गणभित्र गणेश भगवान्को प्रतिमा तयार पारेर पूजा आराधाना गरिदैछ । उपाध्यक्ष साहले मण्डलले २८औँ पटक गणेश चतुर्थी महोत्सव गर्न लागेको जानकारी दिए ।

प्रकाशित समय : १२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु