गृहपृष्ठ कांग्रेसले गर्‍यो हेटौंडा उपमहानगरको कार्यपालिका बैठक बहिष्कार

कांग्रेसले गर्‍यो हेटौंडा उपमहानगरको कार्यपालिका बैठक बहिष्कार

कांग्रेसले गर्‍यो हेटौंडा उपमहानगरको कार्यपालिका बैठक बहिष्कार

कर समायोजनको लागि विशेष नगरसभाको मिति तोक्न आज बोलाइएको हेटौंडा उपमहानगरको कार्यपालिका बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर राजेश बानियाँसहित ८ जना वडाध्यक्षले बहिष्कार गरेपछि मेयर मीनाकुमारी लामाले कार्यपालिका बैठक स्थगित गरेकी छन् । उपमेयर बानियाँ राजश्व परामर्श समितिको संयोजकसमेत हुन् । २९ सदस्यीय कार्यपालिकामा आज बिहीबार बिहान ८ बजेलाई तय भएको बैठकमा १६ जना सदस्य उपस्थित थिए ।

नेपाली कांग्रेसबाट निर्वाचित एक वडा अध्यक्षले पार्टीमा कर समायोजनको विषयमा छलफल जारी रहेकाले आज बोलाइएको बैठकमा उपस्थित नभएको जानकारी दिए । करको दर घटाउने विषयमा आवश्यक छलफलबाट मात्रै टुंगिने उनको भनाइ छ ।

बहुमत पुग्दा पनि मेयर लामाले एक पक्षीय रूपमा बैठक स्थगित गरेको भन्दै विशेष नगरसभा माग गरेका नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरूले आपत्ति जनाएका छन् । हेटौंडा-४ का वडाध्यक्ष नवीन सिग्देलले उपमेयरसँग छलफल गरेर मात्रै अर्को बैठक तय गर्ने बताएर मेयरले एकपक्षीय तरिकाले बैठक स्थगित गरेको बताए ।

प्रकाशित समय : ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु