गृहपृष्ठ लुम्बिनी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने

लुम्बिनी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने

लुम्बिनी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने

लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २६ गते बस्ने भएको छ । सो दिन लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको २९ औँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

सो बैठकमा प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई निर्णययार्थ प्रस्तुत गर्न सक्ने सम्मका सम्भावित कार्यसूची तय भएको जनाइएको छ ।

यसअघिको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको थियो । प्रतिवेदन सहितको विधेयक पास गर्ने तयारी गरिए पनि विधेयक पुनः प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।

प्रदेशसभाबाट पास हुनुपर्ने तर, अझैसम्म सदनले पास नगर्दा कर्मचारीको वृत्ति विकासमा असर परेको भन्दै दिनहुँ ज्ञापन पत्र बुझाउने, सरकारका प्रमुख तथा प्रदेशसभाका अधिकारीहरूलाई ध्यानाकर्षण गराउने काम चलिरहेको छ । प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको संशोधन प्रस्ताव समेत सदनमा लैजाने तयारी गरेको छ ।

प्रकाशित समय : ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु