global ime bank Long Banner Ad

गृहपृष्ठ बाढीले बगाएर बेपत्ता भएकी महिला मृत फेला

बाढीले बगाएर बेपत्ता भएकी महिला मृत फेला

बाढीले बगाएर बेपत्ता भएकी महिला मृत फेला

बाढीले बगाएर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको बकैया गाउँपालिका–६ कैलेनी खोला तर्ने क्रममा एक्कासी बाढी आएर बगाउँदा बेपत्ता भएकी स्थानीय नानिमाया तितुङ मृत अवस्थामा फेला परेकी हुन् । आइतबार दिउँसो बाराको निजगढ नगरपालिका–१०, लालस्थित रहेको आफ्नै घर–पसलबाट आफ्नो घर फर्कने क्रममा बाढीले बगाएर बेपत्ता भएकी उनको शव आज भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बाढीले बगाएर बेपत्ता भएकी उनको शव बाराको कोल्बी नगरपालिका–२, बकैया खोला किनारमा भेटिएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु