global ime bank Long Banner Ad

गृहपृष्ठ सवारी दुर्घटनामा तीन वर्षमा सात जनाको मृत्यु

सवारी दुर्घटनामा तीन वर्षमा सात जनाको मृत्यु

सवारी दुर्घटनामा तीन वर्षमा सात जनाको मृत्यु

जिल्लामा तीन वर्ष अवधिमा ३३ वटा सवारी दुर्घटनामा परेका छन् । सो दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आर्थिक वर्ष २०७८र०७९ मा पाँच वटा सवारी दुर्घटना भएका थिए । सो आवमा एक बालकको जीप दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

आव २०७९/०८० मा विभिन्न दश वटा सवारी दुर्घटना भएका थिए । सो आवमा दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो । जीप चार, ट्याक्टर पाँच र स्काभेटर एक दुर्घटनामा परेका थिए । सोही आवमा महिला पुरुष गरी २४ जना घाइते भएका थिए ।

आव २०८०र०८१ मा १८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी महिला एक, बालक एक र पुरुष दुई गरी चार जनाले ज्यान गुमाएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा छ । सबैभन्दा बढी यही आवमा दुर्घटना भएको थियो । सो आवमा ३५ जना दुर्घटनाकै कारण घाइते भएका थिए ।

तीन वर्षको तथ्याङ्कमा हरेक वर्ष घाइते हुनेको सङ्ख्या बढ्दो देखिएको छ । तीन वर्ष अवधिमा जिल्लामा सवारी दुर्घटनामा परी जम्मा ६५ जना घाइते भएका छन् ।

प्रकाशित समय : १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु